काठमाडौं । विभिन्न माग राख्दै माइतीघरको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने डा. गोविन्द केसीलगायत केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सशस्त्र द्वन्द्व पीडितलाई न्याय दिनुपर्ने, देशको स्वास्थ्य सेवा र शिक्षा क्षेत्रमा समान पहुँच हुनुपर्नेलगायतका माग राख्दै माइतीघरमा प्रदर्शन गर्न खोज्दा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रदर्शनमा सहभागीहरूले निशुल्क औषधि उपचार सेवाको व्यवस्था गर, माइतीघरको निषेधआज्ञा तत्काल फिर्ता गरलगायत प्लेकार्ड प्रदर्शन गरेका थिए। निषेधित क्षेत्रमा प्रदर्शन गरेका कारण प्रहरीले नियन्त्रणमा लिन खोज्दा डा. गोविन्द केसीले पक्राउ पूर्जी देखाउन माग गरेका थिए ।