एमाले संसदीय दलको बैठक बस्दै


काठमाडौं । नेकपा (एमाले) संसदीय दलको बैठक आज बस्दै छ । सचेतक महेश बर्तौलाका अनुसार बैठक आज र भोलि दुई दिन बस्नेछ ।

मध्याह्न १२ बजे सुरु हुने बैठकमा आगामी संसद्मा खेल्ने भूमिकाबारे बृहत छलफल हुने उनले जानकारी दिए ।

“अबको संसद् कसरी प्रभावकारी बनाउने, सदनमा सांसदले कस्तो भूमिका निर्वाह गर्ने भन्नेलगायत विविध विषयमा छलफल गर्नुपर्ने भएकाले बैठक अलिक लामो राखिएको हो,” उनले बाह्रखरीसँग भने ।

संसद्को हिउँदे अधिवेशन यही माघ २२ गते दिउँसो ४ बजेका लागि आह्वान भएको छ । त्यसअघि एमालेको बैठक बस्न लागेको हो ।


सम्बन्धित खवर