काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १०.५० अंकले घटेर २०८५.८२ विन्दुमा कायम भएको छ । सेन्सेटिभ इण्डेक्स १.०२ प्रतिशतले घटेर ३७४.७५ विन्दुमा पुगेको छ । यसदिन ३०५ कम्पनीको १ करोड ५ लाख ७१ हजार १९९ कित्ता सेयर ४ अर्ब ८ करोड ५६ लाख ७८ हजार ४७२ रुपैयाँमा खरिदबिक्री भए ।
दोहोरो अंकले घटेको बजारमा दुई कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो । समाज लघुवित्त वित्तीय र कुथेली बुखारी स्माल हाइड्रोपावरको सेयर सकारात्मक सर्किटलेभलमा कारोबार भएको हो । आज एनआईसी एसिया ग्रोथ फण्ड-२ का लगानीकर्ताले भने गुमाए । सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो ।
कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो । सो कम्पनीको ६२ करोड बढि मूल्यको सेयर कारोबार भयो । यसैगरी एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्टको १२ करोड, हिमालयन डिस्टिलरीको ९ करोड,एनआईसी एसिया बैंकको ८ करोड र हाथवेको ८ हजार बढि मूल्यको सेयर कारोबार भयो ।
तीन उपसमूहबाहेक अन्यको उपसमूहको सूचक नकारात्मक देखिएका छन्। डेभलपमेन्ट, हाइड्रो र म्यु्चुअल फण्डबाहेक अन्य १० उपसमूहको सूचक नकारात्मक देखिएका हुन् । आइतबार कारोबारमा आएका ९१ कम्पनीको मूल्य बढ्दा १४८ को घट्यो भने ८ को मूल्य स्थिर रह्यो ।