वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध अर्को जाहेरी दर्ता


वीरगंज । वीरगंज महानगरका मेयर राजेशमान सिंहविरुद्ध अर्को जाहेरी दर्ता भएको छ । कीर्ते गरी बनाइएको नागरिकता छानविन भइरहेकै बेला मेयर सिंहमाथि सोमबार जिल्ला प्रहरी कार्यालय पर्सामा सरकारी कागजातसमेत कीर्ते गरेको भन्दै जाहेरी दर्ता भएको हो ।

वीरगंज महानगरपालिका वडा नम्बर ३ निवासी नेकपा (एमाले)का प्रदेश सदस्य लियाकत अलिले मेयर सिंहले बुबा भनेर नागरिकता दिलाएको रुविना भट्टराई श्रेष्ठकी आमा रिता भट्टराईले मेयर सिंहको बचाउमा अदालतमा पेस गरेको कागजातसमेत फर्जी रहेको प्रमाणसहित जाहेरी दर्ता गर्नुभएको हो ।

रिता भट्टराईकी छोरी रुविनाको जन्मदर्तामा हस्ताक्षर गरेका तत्कालीन पञ्जिकाधिकारी भिखारी रायले आफ्नो नाम र हस्ताक्षरको दुरुपयोग गरी कीर्ते गरेर जन्मदर्ता प्रमाणपत्र बनाएको एक भिडियो सार्वजनिक गरी बताउनुभएको छ ।

१२, ८२७ दर्ता नम्बर रहेको उक्त जाहेरी दरखास्त बुझ्दै प्रहरीले आवश्यक अनुसन्धान गरी वास्तविकता बुझि कानुन बमोजिम कारवाही प्रक्रिया अगाडी बढाउने प्रतिवद्धता तथा आश्वासन व्यक्त गरेको छ ।


सम्बन्धित खवर