सरकारलाई एमालेको चेतावनी- जनताको मुद्दा कार्यान्वयन गराउन सडकमा उत्रिन नपरोस्


काठमाडौं । नेकपा एमालेले जनताको मुद्दा ज्यूँका त्यूँ छाडेर आफू टाढा बस्न नसक्ने बताएको छ । आजबाट सुरु भएको केन्द्रीय कमिटीको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानका क्रममा आएको जनताको सुझाव र समस्या सरकारलाई बुझाइसकेको बताए ।

उनले भने- अभियानको सबै जनताको सुझाव र समस्या हामीले सरकारलाई बुझाइसकेको छौँ । बजेट निर्माणको बेलामा छ जनताको मुद्दाहरूलाई ज्युँका त्युँ छाडेर एमाले टाढा बस्न सक्दैन । जनताको पक्षमा जनतालाई डेलिभरी दिने कुरामा प्रत्यक्ष सरोकार राख्ने कुराहरूमा केन्द्रित रहेर सिंगो देश र सरकारको ध्यानाकर्षण हुने गरी हामीले जनदबाब गर्छौँ ।

त्यो सदनबाट आवश्यक परे सडकबाट व्यापक जनपरिचालनसहित गर्नसक्छौं। त्यसले संगठन निर्माणसहित जनताको मुद्दामा ध्यानाकर्षण पनि हुन्छ । उनले आज बैठकमा प्रस्तुत भएका विषयमा भोलि १० बजेबाट छलफल सुरु हुने बताए ।


सम्बन्धित खवर