
बालगृहले राष्ट्रिय बाल अधिकार पुरस्कार समेत प्राप्त गरिसकेको छ । १२ जना बालबालिकाको अभिभावकत्व गर्दै आएकोमा आगामी दिनमा अझै शसक्त रुपमा अघि बढ्ने भन्दै बालगृहका अध्यक्ष अर्जुन कमार मेण्डजले सबैसंग साथ सहयोगको अपिल गरे ।
ललितपुर । नयाँ कोपिला बाल गृह ललितपुरले सामाजिक लेखा परिक्षण सम्वन्धी कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको अध्यक्ष अर्जुनकुमार मेण्डिजको सभापतित्व र प्रमुख अतिथि संविधानसभा सदस्य तथा अभियान्ता विनोद पहाडी थिए । कार्यक्रममा धिरज गौतमले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको प्रस्तोता पत्रकार विनोद परियार थिए ।

कार्यक्रममा गोदावरी नगरपालिका महिला तथा बालबालिका शाखाका प्रेमकमारी राई, राष्ट्रिय बाल अधिकार परिषद्का सुनिता शाह, जवालादेवी विश्वविद्या मन्दिरका प्रधानाध्यापक विष्णु बस्नेत, रेडियो हिमालयका प्रमुख पत्रकार बुद्धि विश्वकर्मा, रेडियो नेपालका पत्रकार भिम घिमिरे, युगान्तर खबर डटकमका सम्पादक पत्रकार बसन्त परियार, डा. ज्वाला पहाडी, प्रहरी प्रतिनिधि, शारदा बाल आश्रमका मिलन परियार, सरोकारवाला र विभिन्न बाल आश्रमका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कार्यपत्र माथि टिप्पणी हुनुको साथै बोल्ने अधिकांश वक्ताहरुले बालगृह सञ्चालन कठिन रहेको बताए । आलोचना गर्न सजिलो छ, तर काम गर्न रहेको सुनाए । विगत १३ वर्षदेखि (०६७) गोदावरी-१ गोदामचौर, ललितपुरमा अवस्थित उक्त बालगृहले राष्ट्रिय बाल अधिकार पुरस्कार समेत प्राप्त गरिसकेको छ । १२ जना बालबालिकाको अभिभावकत्व गर्दै आएकोमा आगामी दिनमा अझै शसक्त रुपमा अघि बढ्ने भन्दै बालगृहका अध्यक्ष अर्जुन कमार मेण्डजले सबैसंग साथ सहयोगको अपिल गरे ।