सत्ता समीकरणमा अन्य दललाइ पनि समेट्न पहल गर्ने, राप्रपासँग सहकार्य होला ?


काठमाडौं । नेकपा एमाले सचिवालय बैठक शुक्रबार बिहान सम्पन्न भएको छ । बैठकले सत्ता समीकरणमा आएको परिवर्तनलाई पार्टीले सकारात्मक रूपमा ग्रहण गरेको बैठक पछि पार्टी महासचिव शंकर पोखरेलले जानकारी दिएका छन । मुलुकमा जुन प्रकारको संकटको अवस्था सिर्जना भएको छफ त्यसलाई सकारात्मक दिशामा अगाडि बढाउने कुरामा, जनतामा आशा र विश्वास जगाउने कुरामा, मुलुकको राजनीतिक स्थायित्व र विकासमा टेवा पुर्‍याउने हिसाबले नेकपा एमालेको तर्फबाट सकारात्मक योगदान पुर्‍याउने हिसाबले नेकपा एमाले योगदान गर्नुपर्दछ भन्ने हामीले निष्कर्ष निकालेका छौँ’, उनले भने ।

पाँच राजनीतिक दल मिलेर नयाँ सरकार बनाउने प्रक्रिया सुरु भएको बताउँदै उनले त्यसमा अन्य दललाई पनि साथ समर्थनका लागि सचिवालय बैठकले आह्वान गरेको पोखरेलले जानकारी दिए । जनताको निराशालाई आशामा बदल्ने, मुलुकको राष्ट्रिय हित र स्वाभिमानलाई उच्चा बनाउने, विकास र समृद्धिका कामलाई तीव्रता दिने सन्दर्भमा नयाँ सहकार्य फलदायी बनाउनु पर्दछ, त्यसले अनुकूलता सिर्जना गरेको छ भन्ने पार्टीको मान्यता रहेको छ’, उनले भने । देशमा उत्पन्न निराशालाई चिर्ने र देश भित्रै केही गर्न सकिन्छ भन्ने सकारात्मक भावना विकास गर्ने प्रयास नयाँ सरकारले गर्ने उनको भनाइ छ ।

‘राष्ट्रिय स्वाधीनता, स्वाभिमान, विकास र समृद्धिका प्रश्नमा, सामाजिक न्यायका प्रश्नमा यो सहकार्य फलदायी हुने विश्वास बैठकले व्यक्त गरेको छ’, पोख्रेलले भने । बैठकले पार्टी स्थापनाको ७५ औँ वर्षगाँठको दिन वैशाख १० गते विशेष समारोह आयोजना गर्ने निणर्य गरेको उनले बताए । वैशाख ८ र ९ गते महाधिवेशन प्रतिनिधि परिषद् बैठक आयोजना गर्ने र १० गते विशेष कार्यक्रम गर्ने निणर्य भएको पोख्रेलले जानकारी दिए । ‘त्यसको तयारी कसरी गर्ने भन्ने सन्दर्भमा आज हामीले छलफल गर्‍यौँ, उनले बैठक पछि भने ।

व्यवस्थामाथि खतरा उत्पन्न हुन थालेपछि नयाँ गठबन्धन बनाउनु परेको एमाले सचिवालय बैठकले ठहर गरेको छ । एमाले महासचिव शंकर पोखरेलले बैठकपछि भने, ‘आज मुलुकमा जुन प्रकारको संकटको अवस्था सिर्जना भएको छ, त्यसलाई सकारात्मक दिशामा अगाडि बढाउने कुरामा जनतामा आशा र विश्वास जगाउन नयाँ गठबन्धन बनाइएको हो । उनले विकास र समृद्धिका कामलाई तीव्रता दिन नयाँ सहकार्य फलदायी बनाउनुपर्ने निष्कर्ष निकालिएको जानकारी दिए । पोखरेलले अन्य दललाई पनि यो गठबन्धनमा आउन आह्वान गर्ने निणर्य बैठकले गरेको बताए ।

उनले भने, प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा पाँच राजनीतिक दलहरू सामेल भएर सरकार निर्माणको प्रक्रियामा अघि बढेका छौं । यो नयाँ प्रक्रियामा साथ समर्थन गर्न अन्य राजनीतिक दलहरूलाई पनि अनुरोध गरेका छौं । महासचिव पोखरेलले सत्ता समीकरणमा आएको फेरबदललाई पार्टीले सकारात्मक रूपमा लिएको जानकारी दिए । आगामी २०८१ वैशाख ८ र ९ गते महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाउने निणर्य भएको पनि उनले बताए। पार्टी स्थापना दिवसको विशेष समारोह के-कसरी गर्ने भन्ने विषयमा बैठकमा छलफल भएको उनले बताए ।

किन भएन राप्रपासँग सहकार्य ?

एमाले र राप्रपा २०७९ सालको निर्वाचनमा पनि सहकार्य गरेर अघि बढेका थिए । चुनावमा तालमेल गरे । राप्रपा २०७९ पुस १० को एमाले माओवादी नेतृत्वको गठबन्धन समावेश भयो । ७ वटै प्रदेशमा एमालेसँग नै राप्रपाले गठबन्धन गर्‍यो । सरकारमा सहकार्यमा नै रह्यो । कोशी प्रदेशमा भएको पछिल्लो राष्ट्रियसभाको निर्वाचनमा पनि एमाले र राप्रपाको सहकार्य भएको थियो । तर पछिल्लो चारदलीय गठबन्धनमा भने राप्रपा देखिएन ।

राप्रपा गठबन्धनमा नआउनुको प्रमुख कारण भनेको व्यवस्थाकै विरोधमा उसको सडक आन्दोलनमा लाग्नु हो । एमालेका एक पदाधिकारीले भने, ‘सदनसम्म व्यवस्थाको विरोध गर्ने कुरालाई त ठीकै थियो तर सडकमै गएपछि भने स्वीकार गर्न गाह्रो भयो ।’

उता राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसदबाटै यस्तो चेतावनी दिएका छन्, ‘हामीले यो सत्ताको चलखेलमा सामेल हुँदैनौं भनिसकेपछि यो विषय आयो राप्रपाले सहभागी हुन खोजेर पनि नपाएको भन्ने कुरा भ्रम नरहोस् । तपाईंको गठबन्धनले पर्सि नै यो राप्रपालाई खोज्ने दिन नआओस् । त्यसलाई हामीले नोटिसमा राखेका छौं ।


सम्बन्धित खवर