उपनिर्वाचन – प्रतिनिधिसभातर्फ २० वटा र प्रदेशसभातर्फ १९ वटा दल दर्ता


काठमाडौं । आगामी १५ वैशाखमा हुने उपनिर्वाचनका लागि प्रतिनिधिसभातर्फ २० वटा र प्रदेशसभातर्फ १९ वटा दल दर्ता भएका छन् । निर्वाचन आयोगले आगामी १५ वैशाखमा हुने उपनिर्वाचनका लागि प्रतिनिधिसभातर्फ २० वटा र प्रदेशसभातर्फ १९ वटा दल दर्ता गर्ने निणर्य गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, एकीकृत समाजवादीलगायतका दलले दर्ताको निवेदन दिएका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टीले भने प्रतिनिधिसभामा मात्रै दल दर्ताका लागि निवेदन दिएको छ । जसकारण प्रदेशतर्फ १९ निवेदन परेको हो । आगामी १५ वैशाखमा इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ को ‘क’ मा उपनिर्वाचन हुँदै छ ।


सम्बन्धित खवर