बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत


काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाउनुभएको छ । उहाँले आजको प्रदेशसभाको बैठकबाट विश्वासको मत पाउनुभएको हो । प्रदेशसभामा ११० जना सांसद रहेकामा मुख्यमन्त्री जम्कट्टेलको पक्षमा ५६ मत खस्यो ।

यस्तै, विपक्षमा ३७ र १५ जना सांसद तटस्थ रहनुभयो । बैठकमा १०८ सांसद उपस्थित हुनुहुन्थ्यो । योसँगै मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाबाट तेस्रो पटक विश्वासको मत पाउनुभएको हो । केन्द्रमा सत्ता समिकरण परिवर्तन भएसँगै प्रदेश सरकारबाट काँग्रेस बाहिरिएपछि उहाँले पुन विश्वासको मत लिनुभएको हो ।


सम्बन्धित खवर