काठमाडौं । आज सार्वजनिक विदा दिइएको छ । इस्लाम धर्मावलम्वीले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत हिजो पूरा गरेपछि ‘इद उल फित्र’ आज मनाउने भएपछि सार्वजनिक विदा दिइएको हो ।

गृह मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै बिहीबार सार्वजनिक विदा दिने निणर्य गरेको जानकारी दिएको थियो ।

इदको दिनमा नमाज पूरा गरेपछि एक अर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन् भने घरमा विभित्र परिकार पकाएर खाने गर्दछन् । रमजान महिना उर्दू पात्रोको अनुसार नवौँ महिना हो ।

यो पर्वको ७० औँ दिनमा बकरिद अर्थात ‘इद उल अजहा’ पर्व मनाउने गर्दछन् । यस अवसरमा मुस्लिमहरु ‘हज’का लागि साउदी अरबको मक्का मदिना प्रस्थान गर्ने चलन छ ।


सम्बन्धित खवर