कर्नालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ


सुर्खेत । कणर्ाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । उहाँलाई प्रदेश प्रमुख तिलक परियारले शपथ गराउनुभएको हो । रणसिंह नेकपा (माओवादी केन्द्र)बाट मन्त्री बन्नुभएको हो ।

बुधबार बिहान बसेको माओवादी संसदीय दलको बैठकले उहाँलाई विनाविभागीय मन्त्रीको रूपमा पठाउने निणर्य गरेको थियो । सोही अनुसार मुख्यमन्त्री यामलाल कँडेलले उहाँलाई मन्त्री नियुक्त गर्नुभएको हो ।

बिहीबार विश्वासको मत लिने तयारी गर्नुभएका मुख्यमन्त्री कँडेल चैत २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । माओवादी केन्द्रसँग मन्त्रालय भागबण्डामा कुरा नमिलेपछि उहाँले अहिलेसम्म सरकारलाई पूणर्ता दिन सक्नुभएको छैन् ।


सम्बन्धित खवर