सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?


काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २०० ले बढेर १ लाख ३५ हजार ६०० मा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार छापावाल सुन तोलाको एक लाख ३५ हजार ४०० मा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३४ हजार ७५० मा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला १६ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।


सम्बन्धित खवर