
काठमाडौं, । नेशनल पेमेन्ट गेटवे प्रकरणमा नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेललाई कैद र जरिवानाको फैसला सुनाइएको छ ।
विशेष अदालतले उहाँलाई ९ वर्ष कैद र २३ करोड २७ लाख ५८ हजार ७७ रूपैयाँ बिगो जरिवानाको तोकेको हो ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले पौडेललाई वैशाख ७ गते नै भ्रष्टाचारी ठहर गरेको थियो।
सोही इजलासले मंगलबार सजाय निर्धारण गरेको हो। पौडेलमाथि वैशाख ९ गते दायर अर्को मुद्दा पनि विचाराधीन छ ।