जिल्लाको फैसला उच्चले उल्टायो, सन्दीप लामिछानेलाई निर्दोष ठहर, पीडित पक्ष सर्वोच्च जान सक्ने


काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दालाई उच्च अदालत पाटनले उल्टाइदिएको छ ।

काठमाडौँ जिल्ला अदालतले बलात्कारमा दोषी ठहर गरेकामा उच्च अदालत पाटनले भने सन्दीपलाई सफाइ दिएको हो ।

जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो ।

उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेकामा मंगलबार र बुधबार दुवै पक्षको बहस सुनेपछि उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई निर्दोष ठहर गरेको हो ।

उच्च अदालतको फैसलापछि सन्दीप फेरि क्रिकेटमा फर्किन योग्य भएका छन् ।

पीडितले भने अब न्यायका लागि सर्वोच्च अदालतको ढोका ढक्ढक्याउनु पर्ने भएको छ ।


सम्बन्धित खवर