
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले कांग्रेसले आफूलाई डेढ वर्षका लागि अफर गरेको बताएका छन् ।
आइतबार बेलु्का प्रतिनिधि सभालाई सम्बोधन गर्दै लामिछानेले गृहमन्त्री हुन नमिल्ने तर प्रधानमन्त्री हुन कुन नैतिकताले मिल्ने हो भन्दै कांग्रेसले प्रश्न गरेका छन् ।
म गृहमन्त्री हुन नमिल्ने भए प्रधानमन्त्री बन्न चाहिँ कुन नैतिकताले मिल्ने रहेछ । म आज यो सदनमा सोध्न चाहन्छु।
उनले भने,अफर गर्नेले कान रातो पार्नुपर्दैन । म राजनीतिमा गोपनीयता ख्याल राख्ने मान्छे हुँ केही गोपनीयता राखौंला तर मेरो प्रश्न छ ।
हिजो मलाई डेढ महिना प्रधानमन्त्री हुन गरेको अफरको डेट अफर छ कि अझै बाँकी छ ।
यो कुराको जवाफ सदनमा उभिएर कांग्रेस सभापति शेरबहादुर देउवाले दिए राम्रो हुन्थ्यो ।
राति प्रधानमन्त्रीको अफर अनि अफर अस्वीकार गरेपछि भोलिपल्ट संसद अवरोध, संसदीय छानबिन समितिको माग उचित हो कि होइन ?
उनले दोषी देखिए मैलाई हत्कडी लगाउनु भनेर प्रहरीलाई निर्देशन दिएको बताए ।
उनले कानुनले जे भन्छ प्रहरी सोहि अनुसार चल्ने बताए । सहकारी ठगीमा आफ्नो संलग्नता नभएको र भएको प्रमाणित गरे कारबाही भोग्न तयार रहेको उनले बताए ।
उनले फौजदारी कानुनबाहेकमा संसदीय छानबिन समिति गठन गर्न नमिल्ने भएपनि कांग्रेसको माग पूरा गर्न आफू तयार रहेको उल्लेख गरे ।