प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत पाउनुभएको छ ।

आज प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधका बाबजुत प्रधानमन्त्रीले विश्वासको मत लिनुभएको हो प्रधानमन्त्रीको पक्षमा १५७ मत परेको छ भने विपक्षमा शून्य मत पर्‍यो ।

एक जना सांसद तटस्थ बस्नु भएको छ । प्रधानमन्त्री प्रचण्डले चौथो पटक संसदबाट विश्वासको मत लिनुभएको हो ।


सम्बन्धित खवर