ढल्यो गण्डकी सरकार


काठमाडौं । गण्डकी सरकार ढलेको छ । सर्वोच्च अदालतको फैसलासँगै खगराज अधिकारी नेतृत्वको सरकार ढलेको हो ।

सरकार गठनविरूद्व पूर्वमुख्यमन्त्री सुरेन्द्र पाण्डेले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

रिटमा पाण्डेले अन्तरिम आदेश माग्दै संविधान र कानुनविपरीत भएको सरकार गठनको प्रक्रिया रोक्न माग गर्नु भएको थियो ।

एमाले संसदीय दलका नेता खगराज अधिकारी गत चैत २५ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

अधिकारी पदमुक्त भएको फैसला सुनाउँदै अदालतले प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको छ ।


सम्बन्धित खवर