घट्यो पेट्रोलियम पदार्थको मूल्य


काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले मूल्य घटाएको जानकारी दिएको छ ।

भारतबाट घटेर आएसँगै नेपालमा पनि घटाइएको हो ।

हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ । घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ ।


सम्बन्धित खवर