ट्राफिक कारबाहीमा परेकालाई स्वयंसेवक खटाउने निणर्य कार्यान्वयन नगर्न अन्तरिम आदेश


काठमाडौं । ट्राफिक नियम उल्लंघन गरेर कारबाहीमा परेकालाई एकदिन स्वयम्सेवकका रूपमा खटाउने गृहमन्त्री रवि लामिछानेको निणर्य कार्यान्वयन नगर्न अदालतले आदेश दिएको छ ।

आज गृहमन्त्रीको उक्त निणर्यविरूद्व दायर रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले तत्काल निणर्य कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले कारण देखाऊसहित अन्तरिम आदेश जारी गरेको हो ।


सम्बन्धित खवर