
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ चौधरी बजेट भाषण अघि नै मन्त्री बनेर प्रचण्ड सरकारमा सहभागी हुने चर्चा थियो । चौधरी उर्जामन्त्री बन्ने चर्चा भइरहेका बेलामा जनमत पार्टी पनि सरकारमा आउने कुरा थियो । तर, चौधरीलाई मन्त्री हुनबाट रोक्ने खेल भने नागरिक उन्मुक्ति पार्टीबाट नै भइरहेको स्रोत बताउछ ।
यस अघि भूमि सुधार मन्त्री बन्दा शुभलाभको राम्रो खेती गर्न सफल चौधरीले केही समयअघि आफू मन्त्री नहुने तर्क गरेकी थिइन् । त्यसैले, अहिले उनलाई मन्त्री हुन रोक्नुपर्ने तर्क पनि पार्टीभित्र उठेको स्रोतको दावी छ । तर, पार्टीभित्र जे कुरा उठेको भएपनि संरक्षक रेशम चौधरी जसरी पनि यो पटक रञ्जितालाई मन्त्री हुनबाट रोक्ने खेलमा लागेको नाउपा स्रोतको दावी छ ।
स्रोतका अनुसार, एमाले अध्यक्ष केपी ओलीलाई भेटेर नै रेशम चौधरीले विकल्पको बाटो खोज्ने परिस्थिति निर्माण गरिदिन विशेष आग्रह गरेका थिए । स्रोतका अनुसार, राष्ट्रिय पार्टी नभएको दललाई विभाजन गर्न मिल्ने गरी राजनीतिक दलसम्बन्धी कानूनी बाटो खुला गरिदिन रेशमले ओलीसँग कुराकानी गरेका छन् । बजेटअघि नै रञ्जिता मन्त्री बनाउन प्रधानमन्त्री प्रचण्ड सहमत भएपछि अत्ताएिर ओली निवास पुगेर रेशमले उक्त निणर्य रोक्न र पार्टी विभाजन गर्न अध्यादेश ल्याईदिन आग्रह गरेको स्रोतको दावी छ ।
पति रेशमको त्यही दौडधुपका कारण श्रीमती रञ्जिताको उपप्रधानमन्त्री सहित उर्जा मन्त्रीमा पदका नियुक्तिमा ढिलाई भएको दावी गरिएको छ । पार्टीभित्र रेशम चौधरी बलियो देखिएका छन् । तर, अध्यक्ष कार्यकारी अधिकारसहित श्रीमती रञ्जिता बलियो भएका कारण कानूनी बाटोबाट रेशमले तत्काल कुनै निणर्य लिन सक्ने अवस्थामा रहेका छैनन् ।
नाउपाको सांसदमा पनि दुईधार रहेको छ । नाउपाका ४ जना सांसदमध्ये दुई/दुईजना रहेका छन् । तर, रञ्जिता भने आफू उपप्रधानमन्त्री र एकजना सांसदलाई राज्यमन्त्री बनाएर ३ जना सांसद आफ्नो पक्षमा पार्ने प्रयासमा रहेकी छिन् । त्यस्तो अवस्थामा रेशमका बाबुमात्रै रञ्जिताको विपक्षमा हुने संभावना रहेको छ । अहिले रेशमले उपप्रधानमन्त्री हुनबाट रोक्न खोजेपछि नाउपाभित्र फेरि अर्को खाले विवाद देखिन थालेको छ ।