
काठमाडौँ । सर्वोच्च अदालतले पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटा विरुद्धको मुद्दाको फैसला असार १२ गते सुनाउने भएको छ ।
तत्कालीन माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धका क्रममा श्रीमान् अर्जुन लामाको हत्यामा संलग्न रहेको भन्दै काभ्रेकी पूणर्िमाया लामाले सापकोटालगायत विरुद्धको जाहेरी दिएकी थिइन् ।
सो मुद्दामा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मीको संवैधानिक इजलासले बुधबार सुनुवाइ गरी फैसला सुनाउने मिति तोकेको हो ।
लामालाई २०६२ वैशाख १६ गते श्रीकृष्ण मावी दाप्चामा अभिभावक भेला स्थलबाट अपहरण गरी बेपत्ता पारिएको थियो ।
साउनको तेस्रो साता लामालाई नै खाल्डो खल्न लगाइ ज्युँदै पुरेको भनी पूणर्िमायाले २०६४ सालमा जाहेरी दिएकी थिइन् ।
जिल्ला अदालत काभ्रेमा दिएको जाहेरी लिन प्रहरीले नमानेपछि पूणर्िमायाले सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।