पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या


सर्लाही । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य एवं पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ ।

गएराति सर्लाहीको चन्द्रनगर गाउँपालिका-१ रतनपुरस्थित निवासमै ८० वर्षीय रायको हत्या भएको हो ।

प्रहरीकाअनुसार टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा आफ्नै निवासमा उहाँ मृत भेटिनुभएको हो ।

अहिले मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका कार्यालय प्रमुख डीआईजी यज्ञ विनोद पोखरेल नेतृत्वको टोली घटनास्थलमा पुगेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित खवर