
काठमाडौं । नेपाल सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने निणर्य गरेको छ । आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमाथिको प्रतिबन्ध हटाउने निणर्य गरेको हो ।
टिकटकले नेपाल सरकारको सम्पूणर् शर्त मान्न तयार रहेको पत्र पठाएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले आज टिकटकको प्रतिबन्ध हटाउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजानु भएको थियो । सरकारले शर्तसहित टिकटक खोल्न दिने निणर्य गरेको जानकारी दिइएको छ ।