राष्ट्रिय सभाबाट पनि टीआरसी विधेयक पारित


काठमाडौं । राष्ट्रिय सभाबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) पारित भएको छ ।

आज बसेको राष्ट्रिय सभा बैठकबाट प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त टीआरसी विधेयक सर्वसम्मत पारित भएको हो ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पेस गर्नु भएको थियो ।


सम्बन्धित खवर