डेंगु संक्रमितको संख्या ५ हजार नाघ्यो


काठमाडौं । देशभर डेंगु संक्रमितको संख्या पाँच हजार नाघेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले दिएको पछिल्लो जानकारीअनुसार डेंगु रोगको संक्रमण हुम्ला र मुस्ताङबाहेकका ७५ जिल्लामा फैलिएको छ । तीन जनाको डेंगु रोगको संक्रमणका कारण मृत्यु भइसकेको महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा. गोकणर्प्रसाद दाहालले जानकारी दिनुभयो ।

डेंगु सबैभन्दा बढी गण्डकी प्रदेशमा देखिएको छ । महाशाखाकाअनुसार गण्डकी प्रदेशमा सबैभन्दा धेरै दुई हजार चार सय ४० जनामा संक्रमण पुष्टि भएको छ । कोशी प्रदेशमा सात सय ४९, मधेशमा ८६, बागमतीमा एक हजार ४८६, लुम्बिनी चार सय १८, कणर्ालीमा ७६ र सुदूरपश्चिम प्रदेशमा ३३४ जनामा संक्रमण देखिएको छ । काठमाडौं जिल्लामा ४६६, भक्तपुरमा ६२ र ललितपुर ८८ जनामा डेंगु संक्रमण पुष्टि भएको डा. दाहालले जानकारी दिनुभयो ।


सम्बन्धित खवर