मेयर बालेनको चुनौती- म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ


काठमाडौं । काठमाडौँ महानगरका मेयर बालेन शाह केपी शर्मा ओली नेतृत्वको सरकारप्रति फेरी आक्रामक हुनु भएको छ । सामाजिक सञ्जालमा पोष्ट गर्दै बालेनले आफु गलत भए पक्राउ गर्न चेतावनी दिँदै नभए दोषीलाई पक्राउ गर्न चुनौती दिनु भएको हो ।

बालेनले एमाले प्रदेश सांसद रेखा शर्माले नाबालिकालाई घरेलु हिँसा गरेको र तुरुन्त पक्राउ गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेको पोष्ट हटेपछि अनेकौं टिप्पणी भइरहेका छन् । यसैबीच बालेनको सचिवालयले मंगलबार सो पोष्ट कसैले रिपोर्ट गरेका कारण फेसबुकले नै डाउन गरिदिएको स्पष्ट गरेको छ ।

यसै प्रसंगमा बालेनले पोष्ट उडाउने होइन भन्दै दोषीलाई समात्न आग्रह गर्नु भएको हो । उहाँले भन्नु भएको छ, ‘पोस्ट उडाउने हैन, दोषी समाउ सरकार । म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ ।’


सम्बन्धित खवर