निजामती सेवा दिवस – यी हुन् पुरस्कृत हुने उत्कृष्ट ४० कर्मचारी


काठमाडौं । सरकारले २१औँ निजामती सेवा दिवसमा पुरस्कृत हुने कर्मचारीहरूको नामावली सार्वजनिक गरेको छ । बिहीबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकबाट ४० कर्मचारीलाई पुरस्कृत गर्ने निणर्य गरेको थियो ।

सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार एक जना, उत्कृष्ट निजामती सेवा पुरस्कार १० र निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गरिँदै आएको भए पनि सरकारले यस वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी भेटाएको देखिएन । यस वर्ष १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जना कर्मचारीलाई निजामती सेवाका लागि छनौट गरेको छ ।

उत्कृष्ट निजामती सेवा पुरस्कार गर्ने १० जना कर्मचारीहरूमा रामचन्द्र दंगाल, शंकरबहादुर केसी, राजुप्रसाद गुरागाईँ, सागर मिश्र, चूडाराज न्यौपाने, कृष्ण सापकोटा, चिरञ्जीवी नेपाल, आशा राई, बुनु राना र निलबहादुर पुर्जा मगर रहनुभएको छ ।

यसैगरी, निजामती सेवा पुरस्कार पाउने कर्मचारीहरूमा मित्र बराल, मोहन राई, शिवप्रसाद चौधरी, आनन्द पौडेल, रमेश थिङ्ग, कफिल अहमद, श्याम कुमार यादव, गंगा दत्त भट्ट, सविता नकर्मी, र केशव राज पार्धे रहनुभएको छ ।

त्यस्तै, वेदप्रसाद खनाल, प्रेमकुमार पोखरेल, शीतल सिंह उखेडा, कृष्णप्रसाद पौडेल, सुशीला सिंह, शिलुका लिंथेप, उदय प्रकाश लिम्बु, कृष्णबहादुर खत्री, हेमन्ती साउद र राममाया गुरुङले पनि निजामती सेवा पुरस्कार पाउनुभएको छ ।

यस्तै, निजामती पुरस्कार पाउने अन्य कर्मचारीहरूमा डा. पुष्पराज रिजाल, रोशनी नेपाल, राजेन्द्रप्रसाद ढुङ्गाना, प्रतिभा काफ्ले, गणपैत यादव, छनबहादुर बोगटी, हिरालाल सुनार, मान बहादुर दराई, जनक महत र टहल बहादुर जिरेल रहनुभएको छ ।


सम्बन्धित खवर