प्रधानसेनापति शर्मा अवकासमा, भोलिदेखि सेनाको कमान्ड सम्हाल्दै सिग्देल


काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा आजदेखि अवकासमा जाँदैछन् । सैनिक सेवामा ४१ वर्ष बिताएका शर्मा गत साउन २४ गतेदेखि बिदामा बसेका थिए ।

शर्मा बिदामा बसेपछि राष्ट्रपति रामचन्द्र पौडेलले भदौ १२ मा अशोकराज सिग्देललाई प्रधानसेनापतिमा नियुक्त गरेका थिए । भदौ २४ गतेबाट लागू हुनेगरी राष्ट्रपति पौडेलले सिग्देललाई नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त गरेका थिए ।

राष्ट्रपति पौडेलबाट दर्ज्यानी चिन्ह प्राप्त गरेर सिग्देलले भोलि (सोमबार) देखि नै प्रधानसेनापतिको कमान्ड सम्हाल्नेछन् । नेपाली सेनाको ४५औं प्रधानसेनापतिका रूपमा सिग्देलले नेतृत्व लिन लागेका हुन् ।


सम्बन्धित खवर