धर्मान्तरणविरुद्ध हिन्दू अधिराज्य पुनर्थापनाको माग गर्दै विश्व हिन्दु महासंघले र्‍याली निकाल्ने


काठमाडौं । यहि भदौ २८ गते शुक्रबार १२ः३० बजे माइतीघर मण्डलाबाट बिश्व हिन्दु महासंघद्वारा र्‍याली निकाल्ने भएको छ ।

देशमा बढ्दै गएको राजनीतिक अस्थिरता र धर्म निरपेक्ष संविधानको आडमा भईरहेको धर्मान्तरणका बिरुद्ध समान बिचार भएका सम्पूणर् शक्तिहरु एकजुट होओैं भन्ने उद्देश्य सहित उक्त कार्यक्रम गर्न लागिएको महासंघकी अध्यक्ष अस्मिता भण्डारीले छलफल कार्यक्रममा बताईन् ।

देशमा बढ्दै गएको धर्मान्तरणकाविरुद्ध हिन्दू अधिराज्य पुनर्थापनाको माग गर्दै विश्व हिन्दु महासंघद्वारा २०८१ भदौ २८ गते काठमाडौंमा आयोजना गरिने धार्मिक र्‍याली गर्न लागिएको हो ।

बिश्व हिन्दु महासंघले एक सुचना जारी गर्दै देशमा बढ्दै गएको राजनीतिक अस्थिरता र धर्म निरपेक्ष संविधानको आडमा भईरहेको धर्मान्तरणका बिरुद्ध समान बिचार भएका सम्पूणर् शक्तिहरु एकजुट बनौं भन्ने आग्रह सहित र्‍यालीमा सहभागी हुन आग्रह गरेको छ ।

बिश्व हिन्दु महासंघद्वारा माइतीघर मण्डलाबाट नयाँ बानेश्वर सम्म हुने शान्तिपूणर् बृहत् धार्मिक र्यालीको मुल नारा वा सन्देश धर्म निरपेक्षता खारेज गरौं र वैदिक सनातन हिन्दु अधिराज्य कायम गरौं भन्ने रहेको छ ।


सम्बन्धित खवर