
विदुर । राष्ट्रिय दलित पत्रकार सङ्घ नुवाकोटको अध्यक्षमा राजकुमार नेपाली सर्वसम्मत चयन भएका छन् । मङ्गलबार भएको सङ्घको दोस्रो अधिवेशनबाट नेपालीको संयोजकत्वमा आठ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।
सङ्घको उपाध्यक्षमा गोपिनी परियार, सचिवमा पार्वती विक, कोषाध्यक्षमा सङ्गम मिराज र सहसचिवमा तारादेवी मिराज रहेका छन् । सदस्यहरुमा सरु बर्देवा, सलिना बर्देवा र सन्ध्या बर्देवालाई चयन गरिएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश समितिका अध्यक्ष शिवप्रसाद देवकोटाले समाज दलित र गैरदलित नरहिरहेको अवस्थामा जातीय संस्थाले समुदायलाई नै पछि पार्नुरहेको धारणा राखेका छन् ।
“लोकतन्त्रको मूल आधार, समान सहभागिता र विभेद मुक्त समाज, अभिव्यक्ति स्वतन्त्र र मर्या्दिदत पत्रकारिता हाम्रो आवाज“ भन्ने मूल नाराका साथ स्थापित भएको बताउँदै नव गठित समितिलाई बागमती प्रदेश राष्ट्रिय दलित पत्रकार संघका सचिव बसन्त परियारले दलित समुदायका सवालहरुलाई सञ्चार माध्यमबाट सशक्त रुपले उठाउन आग्रह गर्नुभयो । र नयाँ कार्य समितिसंग संगै रहने र मन, वचन र कर्मले सहयोग प्रतिबद्धता गर्नु भयो ।
कार्यक्रममा विभिन्न जातीय संस्था र विभिन्न पार्टीसंग आबद्ध प्रेस संगठनका प्रतिनिधि तथा अध्यक्षहरुले आ आफ्नो धारणा राख्नुको राख्नुभएको थियो । त्यसै गरि परिवर्तन पोष्ट साप्ताहिकका प्रकाशक/सम्पादक तथा अधिकारकर्मी धनबहादुर मिजारले नुवाकोटमा दलित समुदायको पक्षमा समाचार सम्प्रेषण गर्न संकुचित भएको भन्दै सञ्च्याउन आग्रह गर्नुभयो ।