काठमाडौं । आलु आर्थिक वर्षको साउनमा मात्रै १ खर्ब ३६ अर्ब बढी रेमिट्यान्स भित्रिएको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिबारेको प्रतिवेदनमा २०८१र८२ को पहिलो महिना साउनमा १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको उल्लेख गरेको हो ।
यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८ प्रतिशतले बढी हो । यस्तै, अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्ष ८७ करोड ९८ लाख रहेको थियो ।