
काठमाडौं । संघीय संसदको संसदीय सुनुवााई समितिले प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन गरेको छ । सिंहदरबारमा बुधबार बसेको समिति बैठकले सर्वसम्मतका साथ प्रधानन्यायाधीशमा राउतको नाम अनुमोदन गरेको हो । समितिले बुधबार नै राउतको सुनुवाई गरेको थियो ।
भदौ ३१ मा बसेको संवैधानिक परिषद्को बैठकले राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । त्यस्तै बैठकले अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादवको नामसमेत अनुमोदन गरेको छ । समितिले बुधबार नै यादवको सुनुवाई गरेपछि सर्वसम्मतले अनुमोदन गरिएको समिति सदस्य आनन्दप्रसाद ढुङ्गानाले जानकारी दिए ।
त्यसअघि सुनुवाईका क्रममा यादवले नेपालको जलस्रोतको विकासमा अष्ट्रेलियाको लगानी भित्र्याउने, अष्ट्रेलियासँग शैक्षिक तथा सांस्कृतिक सम्बन्ध पनि सुधार गर्नेलगायतका कार्ययोजना प्रस्तुत गरेकी थिइन् ।