
काठमाडौं । मुलुकको केही भू-भागबाट यो वर्षको मनसुन बाहिरिएको छ । सुदूरपश्चिम र कणर्ाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशका पश्चिमी भू-भागबाट मनसुन बाहिरिएको जल तथा मौसम पूर्वानुमान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
‘आज मिति २०८१ असोज २० का दिन यसवर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेशलगायत कणर्ाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानहरुबाट बाहिरिएको छ’, बुलेटिनमा उल्लेख छ । त्यसैगरी, महाशाखाले मनसुनी वायु कमजोर हुँदै गएको जानकारी दिएको छ । अबको केही दिनमा मनसुन बाहिरिने महाशाखाको भनाइ छ ।