७ हजारमा काठमाडौं-भैरहवा उडान गर्दै नेपाल वायुसेवा निगमको ठूलो जहाज


काठमाडौं । नेपाल वायुसेवा निगमको ए३२० जहाजले भैरहवाका लागि उडान गर्ने भएको छ। बाढी पहिरोले काठमाडौं उपत्यका बाहिर जाने यात्रुहरूलाई प्रभावित बनाएपछि निगमको न्यारोबडी जहाजले आन्तरिक उडान गर्ने भएको हो । निगमका प्रवक्ता रमेश पौडेलले फूलपातीका दिन उक्त जहाजले भैरहवा उडानका लागि अनुमति पाएको बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको निर्देशनपछि निगमले आन्तरिक उडाउन गर्न तयार भएको हो । प्रवक्ता पौडेलेका अनुसार उक्त जहाजले फूलपातीका दिन बिहीबार विहान ११ बजे भैरहवा उडान गर्नेछ। सोही दिन १२ः३० बजे भैरहवाबाट काठमाडौं उडान गर्ने निगमले जनाएको छ ।

निगमले टिकटको मूल्य पनि सार्वजनिक गरेको छ । प्रवक्ता पौडेलेका अनुसार काठमाडौं-भैरहवा उडानका लागि प्रतिव्यक्ति ७ हजार रुपैयाँ र भैरहवा-काठमाडौं उडानका लागि ३ हजार ८९० रुपैयाँ भाडा तोकिएको छ । दुवै तर्फको टिकट निगमको वेवसाइटमा उपलब्ध रहेको प्रवक्ता पौडेलले बताए ।


सम्बन्धित खवर