
काठमाडौँ । असोज १०, ११ र १२ गतेको बाढी पहिरोबाट मृत्यु हुनेको संख्या २४६ पुगेको छ ।
नेपाल प्रहरीका अनुसार अहिलेसम्म दुई सय ४६ जनाको मृत्यु भएको छ भने १८ जना अझै बेपत्ता रहेका छन् ।
त्यस्तै १७८ जना अझै घाइते रहेका छन् । मृत्यु हुनेमा बागमती प्रदेशका १३९ जना रहेका छन्, जसमा काठमाडौँ उपत्यकाका ७० जना रहेका छन् ।
त्यस्तै लुम्बिनी प्रदेशका २ जनाको मृत्यु भएको छ भने मधेश प्रदेशबाट ९ जनाको मृत्यु भएको छ ।
त्यस्तै कोशी प्रदेशबाट २० जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार अहिलेसम्म १७ हजार १७४ जनाको उद्धार गरिएको छ ।