काठमाडौं । हुम्लाबाहेक सबै जिल्लामा डेंगु संक्रमण फैलिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)को तथ्यांकअनुसार हुम्लाबाहेक ७६ जिल्लामा डेंगु संक्रमण फैलिएको हो । ईडिसिडीको तथ्यांकअनुसार ७६ जिल्लामा २२ हजार ८२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
काठमाडौंमा ३ हजार ५९४, कास्कीमा ३ हजार १८८,तनहुँमा २ हजार २९५,पर्वतमा १ हजार ५८८,चितवनमा १ हजार २९,ललितपुरमा ९६८, बागलुङमा ८२१,गोरखामा ७७२,भक्तपुरमा ६२४,कैलालीमा ४०८ जनामा डेंगु संक्रमण भएको ईडिसिडीको तथ्यांकमा उल्लेख छ ।
यसैगरी प्रदेशअन्तर्गत गण्डकीमा ९ हजार ५३१,बागमतीमा ७ हजार ७६८,कोशीमा १ हजार ६४६,लुम्बिनीमा १ हजार ३४८, सुदूरपश्चिममा १ हजार ६५ जनामा संक्रमण देखिएको छ । कणर्ालीमा ३०० र मधेश प्रदेशमा ४२४ जनामा डेंगु संक्रमण भएको रोग नियन्त्रण महाशाखाले जनाएको छ ।