पाथीभरा दर्शन केबलकारको शिलान्यासमा अवरोध हुँदा मजदुर र स्थानीयबीच झडप


काठमाडौं । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरासम्म जाने केबलकार निर्माणका लागि शिलान्यास गर्ने कार्यक्रममा दुई समूहबीच झडप भएको छ । आज तय भएको शिलान्यास कार्यक्रममा आवश्यक पर्ने सामग्री लैजाने क्रममा ताप्लेजुङको फुङ्लिङ नगरपालिका -१० काफ्लेपाटीका स्थानीयबाट अवरोध भएपछि मजदुरहरु प्रतिकारमा उत्रिएका हुन् ।

मजदुरहरु प्रतिकारमा उत्रिएपछि दोहोरो झडप भएको प्रहरीले जनाएको छ । झडप हुँदा ३ जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय चन्द्र मादेन, दमोदार अधिकारी र कुमार लिम्बु छन् । उनीहरुलाई जिल्ला अस्पताल ताप्लेजुङ लगिएको छ । झडपलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्नुपरेको थियो ।

पाथीभरा देवी मन्दिर जानका लागि केवलकार निर्माण गर्ने निणर्य भएसँगै चार वर्षदेखि सो क्षेत्रमा आन्दोलन हुँदै आएको छ । पहिचान पक्षधरहरू सो क्षेत्रमा केवलकार निर्माण गर्न नहुने पक्षमा छन् । तर, सरकारले केवलकार निर्माण गर्न पाथीभरा दर्शन केवलकार प्रालीलाई अनुमति दिएसँगै आज शिलान्यासको कार्यक्रम थियो । तर, स्थानीयले अवरोध गरेपछि झडप भएको हो ।


सम्बन्धित खवर