काठमाडौं । शुक्रबार बंगलादेशमा ४० मेगावट विद्युत निर्यात हुने भएको छ । असोज १७ गतेको सम्झौतापछि नेपाल विद्युत् प्राधिकरणले बंगलादेशमा विद्युत् बिक्रीका निम्ति पठाएका दुई आयोजनामा भारतले स्वीकृति दिएको हो । योसँगै कात्तिक ३० गते ९भोलि० एक दिन बिजुली बंगलादेश निर्यात गरिनेछ ।
शुक्रबार मध्याह्न १२ः४५ मा नेपालबाट भारतीय प्रसारणलाइन हुँदै बंगलादेश पुर्याइने भएको हो । असोज १७ गते काठमाडौंमा त्रिपक्षीय सम्झौता भए पनि भारतले स्वीकृति नदिँदा यसअघि निर्यात सुरु हुनसकेको थिएन । प्राधिकरणले २५ मेगावाट क्षमताको त्रिशूली र २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनाको बिजुली बंगलादेश निर्यात गर्नेछ ।
मुजफ्फरपुरदेखि भारतको प्रसारणलाइनमार्फत बेहरामपुर-भेडामारा ४०० केभी प्रसारणलाइनबाट बिजुली बंगलादेश पुग्नेछ । विद्युत् प्राधिकरणका अनुसार ५ वर्षको लागि निर्यात सम्झौता भएको छ । नेपालले बंगलादेशलाई ६।४ अमेरिकी सेन्टमा प्रतियुनिट बिक्री गर्ने हस्ताक्षर भएको छ ।