परियार सेवा समाजले गर्‍यो – राष्ट्रिय अभियान घोषणा


काठमाडौं । परियार सेवा समाज केन्द्रीय कार्यसमितिद्वारा राष्ट्रिय अभियानको घोषणा गरेको छ । (बिहिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी राष्ट्रिय अभियान घोषणा गरिएको हो । राष्ट्रिय अभियान घोषणा कार्यक्रममा परियार सेवा समाजका अध्यक्ष बलबहादुर सुन्दास, वरिष्ठ उपाध्यक्ष कृष्ण रणपाल, प्रथम उपाध्यक्ष धर्म परियार, उपाध्यक्ष गणेश परियार, उपाध्यक्ष रामप्यारा छिनाल, महासचिव अञ्जान परियार, कोषाध्यक्ष प्रकाश दर्जी, पूर्व राजदूत पदम सुनदास, अधिवक्ता सिताराम घले परियार र रोहित हिङमाङ लगायतको उपस्थिति रहेको थियो ।

परियार सेवा समाज दमाई जातिभित्र रहेको एक जातीय संस्था हो । जसले देश विदेशमा छरिएर रहेका परियार समुदायहरुको हक, हितको पक्षमा काम गरिरहेको छ । राष्ट्रिय अभियानअन्तर्गत परियार समुदायभित्रका करिब ५ हजार विद्यार्थीहरुको भर्ना, देशभर उच्च शिक्षा प्राप्त गर्न सबै निकायसँग समन्वय गरी सहुलियत दरमा शिक्षा लिने अवसर प्रदान गर्ने कार्यक्रमहरु समावेश गरिएको छ । त्यस्तै, परियार सेवा समाज सुविधा सम्पन्न केन्द्रीय कार्यालयका लागि काठमाडौंमा भवन निर्माण गर्ने, सबै परियार समुदायमा एक घर एक सदस्य, स्वास्थ्य बिमा अनिवार्य,स्वास्थ्य बिमा अनिवार्य गर्न, पञ्चेबाजा तथा नौमतिको संरक्षण गर्ने, परम्परागत सिपको आधुनिकरण र व्यवसायीकरण गर्ने विषय पनि समावेश गरिएको छ ।

समुदायभित्रका कलाकार, पत्रकार, खेलाडी, प्रोत्साहन कार्यक्रम तयार गरी कार्यान्वयन गर्ने, नेपाली पोशाकलाई प्रोत्साहन गर्न कार्यक्रम गर्ने, सरकारबाट वार्षिक विनियोजन हुने निजामति कर्मचारी पोशाक भत्तालाई अनिवार्य खर्च गर्नु पर्ने नीति लागू गर्न सम्बन्धित निकायसँग परामर्श गर्ने, सामाजिक विभेद, उत्पीडन र अन्यायमा परेकालाई संस्थागत सहयोग गर्ने लगायतका कार्यक्रम राष्ट्रिय अभियानमा समावेश गरिएको छ ।

त्यस्तै, परियार समुदायको हकहितमा काम गर्न खोलिएका संघ संस्थाहरु बीच एकता अभियान चलाउने, सामाजिक विभेद, उत्पीडन र अन्यायमा परेकालाई संस्थागत सहयोग गर्ने, संस्थालाई संघीय संरचना अनुसार सरकारी निकायसँग समन्वय गरी विकास गर्न साँगठानिक अवधारणा बिस्तार गर्ने, आयमूलक, सिपमूलक, जनचेतना र सामाजिक सद्भाव कायम गर्न कार्यक्रमहरु संचालन गर्ने, सातवटै प्रदेशमा ऐतिहासिक पुरुष बिसे नगर्चीको शालिक निर्माण गरी राष्ट्रिय विभूति घोषणा गर्न पहल गर्नेलगायतका कार्यक्रम राष्ट्रिय अभियानमा समावेश गरिएको छ ।


सम्बन्धित खवर