भ्रष्टाचार निर्मुल पार्दै, विकास र समृद्ध वडा बनाउने योजनासहित मिन बहादुर मानन्धर चुनावी मैदानमा


काठमाडौँ । आगामी मंसिर १६ गते हुने स्थानीय तहको उप निर्वाचनमा काठमाडौं महानगरपालिकालाई सुसासन कायम गरि भ्रष्टाचार निर्मुल पार्दै, विकास, समृद्ध र पर्यटकीय नगर बनाउने योजनासहित नेकपा (एकिकृत समाजवादी) बाट काठमाडौं महानगरपालिका वडा नं.-१६ का अध्यक्ष उम्मेदवार मिन बहादुर मानन्धर चुनावी मैदानमा होमिएका छन् । नेकपा (माओवादी केन्द्र) समेतको साथ पाएका मानन्धरले वडा नं -१६ लाई संस्कृति, प्रकृति र मानवीय विकासमा चमकदार बनाउने समेत सपना रहेको बताएका छन् । लामो समयदेखि आफ्नै नेतृत्वमा वडा नं. १६ मा विभिन्न पार्टीको इमान्दार सिपाही हुंदै विकास निर्माण र निरन्तर जनतासंग सम्वनय गदैं विकास अभियान चलाउँदै आएकाले आफुले जितेमा एक महिनामै सुसासनको सन्देश दिने सुनाए ।

त्यस्तै, मानन्धरले वडा नं. १६ लगायतका सम्पूणर् ऐतिहासिक बस्तीहरुको स्थानीय जनता, भद्रभलाद्मी, विभिन्न समूह लगायतसंग छलफल गरि पूर्वाधार र मानवीय विकासका लागि गुरु योजना निर्माण गर्दै वडालाई आमुल परिवर्तन विकास गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । लामो समयदेखि तत्कालिन एमाले र हाल नेकपा (एकिकृत समाजवादी) मा सक्रिय उनी विगतमा पार्टीमा कुनै पनि अवसर नपाएको र लोप पनि नगरेको अवस्थामा हाल स्थानीय तहको निर्वाचमा अवसर पाएका हुन् । कामपा वडा नं -१६ मा उनी उम्मेद्धवार बने लगतै उनको पक्षमा माहोल ह्वात्तै बढेको छ । उक्त वडामा लोकप्रिय नेता मानिने उनी यातायात व्यवसायी, सामाजिक र राजनीतिमा सक्रिय हुनुको साथै र सफलता पनि प्राप्त गरिरहेका छन् ।

मानन्धरले यस वडामा स्थानीय जात्रा, पर्व, संस्कारलाई वडाको पहिचानका रुपमा प्रवर्द्धन गर्नुका साथै आफूलाई जनताको कुरा सुनेर विकासको योजना बुन्ने जनप्रतिनिधिका रुपमा प्रस्तुत हुने बताएका छन् । त्यस्तै, युवाहरुलाई अवसर, महिला, जेष्ठ नागरिकहरुलाई सम्मान र बालबालिकाहरुलाई प्रोत्साहन गर्ने विशेष कार्यक्रम लागु गर्ने बताउँदै घरदैलोमा लागेका छन् । वडामा रहेको खेतीयोग्य जमिनको प्रयोग गर्दै वडाबासीलाई वडा कै उत्पादन अभियान शुरु गर्ने योजना रहेको उनी सुनाउँछन् । साथै यस वडामा भ्रष्टाचार निकै रहेकोले जनतालाई यस विरुद्ध जनचेतना जगाउने योजना समेत रहेको छ ।

आफ्नो प्रर्तिस्पर्धा नेकपा एमालेसंग हुने भन्दै आफु जित्नेमा ढुक्क छन् । यस पटक वडा नं. १६ मा आफु जत्तिको जनतामा भिजेको, परिचित, अनुभवी र विकासको खाका भएको उम्मेदवार अन्य पार्टीले दिन नसकेकाले पनि आफ्नो जित सुनिस्चित रहेको सुनाउछन् । पार्टीको जिल्ला काठमाडौं जिल्ला कमिटि सदस्य, काठमाडौं निर्वाचन क्षेत्र नं.-७ को इञ्चार्ज रहेका उनी पार्टी एकढिक्का रहेको सुनाए । तारकेश्वर यातायात प्रा.लि.को लामो समय अध्यक्ष र हाल वरिष्ठ सल्लाहकार, बाइसधारा युवा क्लब, बालाजु टोल सुधार समिति, एबिसि ब्लव लगायतको सल्लाहकार भएर निरन्तर सामाजिक काममा सक्रिय उनी आगामी दिनमा अझै पूणर् रुपमा जनतासंग जोडिदै अझै सक्रिय भएर लाग्ने प्रतिद्धता व्यक्त गरेका छन् ।

जनताका हरेक दुःख सुखको सारथी बन्न पुगेका भगवान बारेमा जान्न, बुझ्न र चिन्न खोज्ने नगरबासीहरुको संख्या दिन प्रति दिन बढ्दै गएको छ । यसबाट उनको लोकप्रियता चुलिने मात्रै नभएर चुनावी प्रतिस्पर्धामा समेत बलियो बन्ने स्थिति सिर्जना भएको छ । अब अढाई वर्षका लागि कामपा महानगरपालिका वडा नं १६ को कमाण्ड सम्हाल्न नेकपा (एकिकृत समाजवादी) बाट चुनावी मैदानमा उत्रिएका मानन्धरको राजनीतिक भविष्यको फैसला अब मंसिर १६ गतेको मतदानले गर्नेछ ।


सम्बन्धित खवर