
काठमाडौं । काठमाडौंको टोखा नगरपालिका वडा नं. ६ धापासीस्थित शिव मन्दिर हाइटमा आगलागी भएको छ । टोखा नगरपालिका ६, धापासीस्थित भाइकाजी श्रेष्ठको साढे तीन तलाको घरमा आगलागी भएको हो । उक्त घर पूणर्त जलेको छ ।
आगलागीले छरछिमेकसमेत प्रभावित भएको जिल्ला प्रहरी काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले बताए । बिहीबार साँझ साढे ५ बजे उक्त घरको माथिल्लो तलाबाट आगो लाग्न सुरु भएकोबारे प्रहरीले सूचना पाएको थियो ।
काठमाडौं, ललितपुर, भक्तपुर लगायतबाट दमकल पुगेर आगो नियन्त्रणमा लिने कार्य भइरहेको प्रहरीले जनाएको छ । उद्धारमा नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो निभाउने कार्य भइरहेको प्रहरीको भनाइ छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।