रवि लामिछानेको सांसद पद स्वतः निलम्बन, कुन-कुन कसुरमा मुद्दा ?


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद स्वतः निलम्बनमा परेको छ । सम्पत्ति शुद्धीकरण ऐनअनुसार उनको पद निलम्बन भएको हो । रविविरूद्व आज कास्की जिल्ला अदालतमा सम्पत्ति शुद्वीकरणमा पनि मुद्दा दायर भएको छ ।

रविमाथि २७ करोड ८९ लाख रुपैयाँभन्दा बढी सम्पत्ति गैरकानूनी रहेको दावी गरिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३१ जनाविरूद्व आज कास्की जिल्ला अदालतमा मुद्दा दर्ता हुँदैछ । उनीहरूविरूद्व तीनवटा कसुरमा मुद्दा दर्ता गर्ने तयारी भएको हो ।

लामिछानेसहित ३१ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको हो । उनीहरुविरुद्ध एक अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ बिगो दाबी गरिएको छ ।


सम्बन्धित खवर