राष्ट्रिय दलित पत्रकार संघ नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा बस्याल निर्वाचित


नेपालगञ्ज । राष्ट्रिय दलित पत्रकार संघ नेपाल, लुम्बिनी प्रदेशको अध्यक्षमा बाँकेका टेकेन्द्र बस्याल सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार बाँकेको नेपालगञ्जमा सम्पन्न दोस्रो प्रदेश अधिवेशनबाट बस्यालको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति निर्वाचित गरिएको हो । बरिस्ठ उपाध्यक्षमा लोकेन्द्र सुनार (प्युठान), उपाध्यक्षद्धयमा कृष्ण दर्नाल (पाल्पा), उपाध्यक्ष भरत नेपाली (रोल्पा), सचिवमा अनिल नेपाली (अर्घाखाँची), सह-सचिवमा विवेक विश्वकर्मा (रुपन्देही), सह- सचिवमा अमृत कुमार नेपाली (दाङ), कोषाध्यक्षमा बिधुत्मा रैका (बाँके) र सदस्यहरुमा जगलाल नेपाली (रुपन्देही), सिग्मति रैका (नवलपरासी), राम बहादुर गन्धर्व कपिलवस्तु), रामसरण रैदाश (कपिलवस्तु ), रावन बिश्वकर्मा (बर्दिया) र अनिता विश्वकर्मा (बाँके) निर्वाचित हुनुभएको छ ।

कार्यक्रममा प्रमुख अतिथि रहनुभएका लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश कुमार अग्रवालले नेपाल पत्रकारहरु समाजको सचेत समूह भएको सुनाउँदै विकास समृद्धका लागि प्रदेश सरकार तयार भएको बताउनुभयो । उहाँले अबका दिनमा दलित समुदायको लागि विकासमा प्रदेश सरकार तयार रहेको भन्दै समाजले आँखा चिम्लेर विश्वास गरेर आफ्नो सुचनाको सुचकका रुपमा ग्रहण गरेकोले सधैं-सधैंका लागि जनताको पक्षमा कलम चलाउन अपिल गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष तथा संविधान सभा सदस्य बिनोद पहाडीले आम दलित समुदायको मुद्दा बोकेर हिंड्‌नको लागि सबैलाई तयार हुन अनुरोध गर्नुभयो । उहाँले देशभरि संगठन निर्माण भएको बताउँदै त्यसको जगमा अझ ब्यवस्थपन आवश्यक भएको बताउनुभयो । कार्यक्रममा लुम्बिनी प्रदेश सभाका सुशिला नेपालीले कानुन निर्माण सहजीकरण गर्ने बताउनुभयो ।

कार्यक्रममा उर्जाशिल पत्रकार पुरस्कारबाट पत्रकार राधा नेपाली, पत्रकार बिनोद परियार, रुपा विक लगायतलाई सम्मान गरिएको थियो । रुकुम पुर्वका जिल्ला अध्यक्ष स्वर्गीय विक्रम परियारलाई सम्झनुको साथै उहाँको ममतामयी आमालाई सम्मान गरिएको थियो । साथै कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रिय उपाध्यक्ष विनोद परियार, महासचिव लक्ष्मण दर्नाल, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष शुक्रऋषि चौलागाईं लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।


सम्बन्धित खवर