पश्चिम नेपालबाट वर्षा सुरु, काठमाडौंमा पनि पानी पर्ने !


काठमाडौं । पश्चिमी वायुको प्रभावले पश्चिम नेपालबाट वर्षा सुरु भएको छ।

भोलि शनिबार काठमाडौं लगायत देशैभरि पूर्णतया बदली हुने र केही भागमा वर्षाको सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले जानकारी दिए ।

भोलि काठमाडौंमा पनि पानी पर्ने प्रबल सम्भावना छ ।

आइतबार बिहान धेरै ठाउँमा बदली हुने र अपराह्नदेखि मौसम खुल्दै जाने सम्भावना रहेको पोखरेलको भनाइ छ ।


सम्बन्धित खवर