पार्टीले भन्यो भने राजीनामा दिन्छु : समिति सभापति खतिवडा


काठमाडौं, २० असार । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पार्टीले भन्यो भने सभापति पदबाट राजीनामा दिने बताएका छन् ।

केन्द्रीय समितिको बैठकमा जवाफ दिँदै उनले पार्टीले भन्यो भने राजीनामा दिने बताएका हुन् ।

उनले भने, ‘मेरो पनि सभापतिको हैसियतमा केही गल्ती कमजोरी छ, अहिले नै पार्टीले बाहिर बस् भन्यो भने म तयार छु, तर पार्टीकै साथीहरू बाहिर गएर बदनाम गर्ने ढङ्गले प्रस्तुत हुँदै हुनुहुन्छ ।’


सम्बन्धित खवर