नवनियुक्त न्यायाधीशहरूले आजैदेखि सुरु गरे इजलास


काठमाडौं, २४ असार । सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीशहरू मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्ति सिंह थापा आजदेखि इजलासमा बसेका छन् । बिहान १० बजे नै शपथ गरेर इजलासमा राखिएको हो ।

पहिलो दिन मेघराज पोखरेल न्यायाधीश विनो शर्मासँगको इजलासमा परेका छन् । श्रीकान्त पौडेल न्यायाधीश डा. मनोजकुमार शर्मासँगको इजलासमा छन् । शान्ति सिंह थापा न्यायाधीश डा. कुमार चुडालसँगको इजलासमा छन् ।

शर्मा र पोखरेलको इजलासमा २८ मुद्दा छन् भने डा. शर्मा र पौडेलको इजलासमा २४ मुद्दा परेका छन् । न्यायाधीशहरू डा. चुडाल र थापाको इजलासमा ३० मुद्दा रहेका छन् ।


सम्बन्धित खवर