काठमाडौं भ्यूटावरको निर्माण नरोक्न महानगरपालिकालाई अदालतको आदेश


काठमाडौं, २५ असार । उच्च अदालत पाटनले काठमाडौं भ्यूटावरको निर्माण नरोक्न काठमाडौं महानगरपालिकालाई आदेश दिएको छ ।

आज न्यायाधीश प्रकाश खरेलको एकल इजलासले पुरानो बसपार्कस्थित जग्गामा निर्माणाधीन काठमाडौं भ्यू टावर निर्माणको काम नरोक्न आदेश दिएको हो ।

भ्यूटावरको निर्माणको मापदण्डका विषयमा लिएर काठमाडौं महागनरपालिकाका मेयर बालेन साहले निर्माण रोक्न आदेश दिएका थिए ।

यही विषयमा बालेन र प्रमुख प्रशासकीय अधिकृत सरोज गुराँगाईबीच सुरू भएको लडाईँ अझै टुंगिन सकेको छैन ।


सम्बन्धित खवर