वामदेव गौतम आज नेकपा एस प्रवेश गर्दै


काठमाडौं, २ साउन । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम आज नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्दैछन् ।

एकीकृत समाजवादी र गौतम नेतृत्वको राष्ट्रिय अभियानबीच राष्ट्रिय सभागृहमा एकता घोषणा हुन लागेको हो ।

घोषणा सभालाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, समाजवादीका नेता झलनाथ खनाल, अभियानका संयोजक गौतमले सम्बोधन गर्ने एकीकृत समाजवादीका केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले बताए ।

एकतापछि बन्ने पार्टीमा गौतमलाई अध्यक्ष नेपाल र खनालपछि तेस्रो वरियता दिने सहमति भएको बताइएको छ।

एकतासम्बन्धी सहमतिपत्रमा गत असार २७ गते समाजवादीका अध्यक्ष नेपाल र अभियानका अध्यक्ष गौतमले हस्ताक्षर गरेका थिए ।


सम्बन्धित खवर