नेकपा (एकीकृत समाजवादी) र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता घोषणा


काठमाडौं, २ साउन । नेकपा (एकीकृत समाजवादी) र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता घोषणा भएको छ।

आज राष्ट्रिय सभा गृहमा दुई पार्टीबीच एकता घोषणा भएको हो। कार्यक्रममा एकता राष्ट्रिय अभियानका केन्द्रीय सदस्यहरुलाई माधव र वामदेव दुवैले स्वागत गरेका थिए।

एकीकृत समाजवादीमा गौतमलाई वरिष्ठ नेताको जिम्मेवारी दिने सहमति भएको छ ।

कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष नेपाल, झलनाथ खनाल तथा नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले सम्बोधन गरेका थिए।

विसं २०७७ मा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट अलग भएका दुवै पार्टीले छुट्टाछुट्टै राजनीतिक गतिविधि सञ्चालन गर्दै आएका थिए।


सम्बन्धित खवर