
काठमाडौं, ४ साउन । मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश झा अहिराज पक्राउ परेका छन्। उनलाई प्रहरीले आज पक्राउ गरेको हो ।
उनीविरूद्व एक युवतीले गत माघ ३ गते बलात्कार आरोपमा जोहरी दिएपछि काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।
पक्राउ पुर्जी जारी भएपछि उनी फरार रहँदै आएका थिए ।
अहिराज २०७७ फागुन ७ देखि २०७८ साउन ३२ सम्म मधेस प्रदेश प्रमुख रहेका थिए।